पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले माग गरेको छ ।
अनेरास्ववियु अध्यक्षमा सुनिता बरालले जारी गरेको विज्ञप्तिमा तत्काल बढेको मूल्य फिर्ता गर्न माग गरिएको हो ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि नरोकिएमा आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी छ ।
पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका कारण नेपाली जनताको जनजीवन प्रभावित भएको अनेरास्ववियुको ठहर छ ।
जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष गाँसिएका वस्तुहरू प्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदममा लागेको अनेरास्ववियुको आरोप छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस