Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ कम्पनीको हकप्रद र बोनस सेयर सुचिकृत, कुनको कति ?

अर्थ संसार

शनिबार, ०४ मंसिर २०७८, ०६ : ३४ मा प्रकाशित

नेप्सेमा ७ कम्पनीको हकप्रद र बोनस सेयर सुचिकृत, कुनको कति ?

याे सातामा नेप्सेमा  विभिन्न ६ कम्पनीहरूकाे हकप्रद र बाेनस सेयर सुचिकृत भएकाे छ भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई १:०.९८ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे सेयर समेत सुचिकृत भएकाे हाे ।

याे सातामा कुन कम्पनीकाे कित  कित्ता सेयर सुचिकृत भयाेः 

१. ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ११ लाख ७८ हजार २ सय २१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

 त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीकाे लाभांश असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा सम्पन्न भएकाे आठौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

२. ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे ३.८ प्रतिशत बाेनस बापतकाे एक लाख ९० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई  ३.८० प्रतिशत बोनस सेयर र  ०.२० नगद (कर प्रयाेजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 

३. अरूण काबेली पावर कम्पनी लिमिटेडकाे १७ प्रतिशत बाेनस बापतकाे २६ लाख ९५ हजार ६ सय ५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०. ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको थियाे । उक्त लाभांश भदौ २६ गते सम्पन्न भएकाे कम्पनीको ११औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

सभाले बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेकाे छ ।

४. एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १० लाख ९६ हजार ३ सय ७५ दशमलव ५० कित्ता सेयर सूचिकृत भएकाे हाे । 

५. अपि पावर कम्पनी लिमिटेडकाे १०.५० प्रतिशत बाेनस बापतकाे २६ लाख २१ हजार ५ सय ९४ कित्ता सेयर सूचिकृत भएकाे हाे । अपि पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त प्रस्तावित लाभांश भाद्र २५ गते, शुक्रबार सम्पन्न भएकाे कम्पनीकाे अठारौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

६. हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) काे ७ कराेड ७० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे । कम्पनीले साउन ५ गतेबाट भदाै ८ गते, मंगलबारसम्म १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे । उक्त हकप्रद सबै बिकेकाे थिएन । कम्पनीले फेरि लिलाम बढाबढ गरेर बिक्री खुल्ला गरेकाे थियाे ।

७. इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई १:०.९८ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ६ लाख ३९ हजार ५ सय ३५ दशमलव २२ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको