Like us!
Follow us!
Connect us!
Watch us!

एमालेसँग जनताको रक्षाकवच छ : ओली

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, १३ : ४२ मा प्रकाशित

एमालेसँग जनताको रक्षाकवच छ : ओली

नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूहरूसँग जनताको साथ रहेको बताएका छन् ।  पार्टीको जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले एमालेसँग जनताको साथ रहेकाले आगागी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए । 

‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’ 

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उनले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाए । 

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उनले सरकार जनताको पक्षमा नरहेको बताए । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भने, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’ 

सरकार गठनसम्बन्धमा सर्वाेच्च अदालतले दिएको आदेशप्रति उनले खरो टिप्पणी गरे । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको