Like us!
Follow us!
Connect us!
Watch us!

१६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्द नेपाल राष्ट्र बैंक

अर्थ संसार

आइतबार, २५ पुस २०७८, १६ : ५१ मा प्रकाशित

१६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्द नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  बैंकले बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो उक्त ट्रेजरी बिलको बोलकबोल भाृलि दिउँसो २ बजे जारी हुनेछ ।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ आउँदो माघ २५ गते परिपक्व हुनेछ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ जुन चैत २९ गते परिपक्व हुनेछ त्यसैगरी राष्ट्र बैंकले १८२ दिने ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ यो ट्रेजरी २०७९ असार २८ गते मात्र परिपक्व हुनेछ । 

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको