Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरुको पर्खाइमा शिखर इन्स्योरेन्सको लाभांश, कस्तो छ ईतिहास र लाभांश वितरण क्षमता ?

अर्थ संसार

सोमबार, २६ पुस २०७८, ११ : ०४ मा प्रकाशित

लगानीकर्ताहरुको पर्खाइमा शिखर इन्स्योरेन्सको लाभांश, कस्तो छ ईतिहास र लाभांश वितरण क्षमता ?

मुलुकको १५औं निर्जीवन बीमा कम्पनीका रूपमा २०६१ साल मंसिरमा स्थापित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाली निर्जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी हो । कम्पनीले विगतमा गरेको लाभांश वितरणको इतिहासलाई हेर्दा पनि यो कम्पनी आफ्ना सेयरधनीहरुलाई राम्रो प्रतिफल दिने कम्पनीहरु मध्यमा पर्दछ । 

कम्पनीले हालसम्म पनि गत आर्थिक बर्षको मुनाफाबाट अहिले सम्म पनि लाभांश घोषणा गरेको छैन अन्य कम्पनीहरुको तुलनामा बिमा कम्पनीहरुको लाभांश घोषणा हुन बढि समय लाग्ने गर्दछ । कम्पनीले हाल सम्ममा सबैभन्दा बढि लाभांश आर्थिक वर्ष २०७२/७३ मा गरेको थियो । उक्त बर्ष कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६० प्रतिशत बोनस र ३.१६ प्रतिशत नगद गरि कूल ६३.१६ प्रतिशत नै लाभांश वितरण गरेको थियो । पछिल्लो लाभांश आर्थिक वर्ष २०७६र७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बिगतमा गरेको लाभांश वितरणका आधारमा अहिले पनि यो कम्पनी लगानीकर्ताहरुको रोजाईमा पर्ने निर्जीवन बीमा कम्पनी हो त्यसैले पनि अहिले यो कम्पनीको लाभांश अधिकांश लगानीकर्ताहरुको पर्खाइमा रहेको छ । कुनै पनि कम्पनीले लाभांश कति दिनसक्छ भन्ने कुा कम्पनीको वित्तिय अवस्थामा निर्भर हुने गर्दछ । गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा ५.६८ प्रतिशतले बढेर ४७ करोड ५७ लाख ३६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४५ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक बर्षको तुलनामा कम्पनीको मुनाफा केहि बृद्धि भएकाले पनि कम्पनीले केहि बढाएर लाभांश घोषणा गर्न सक्ने लगानीकर्ताहरुको अपेक्षा छ । हाल चुक्ता पुँजी १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५७ करोड २० लाख ४५ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ करोड २३ लाख ८१ हजार रुपैयाँ सञ्चित छ । 

बीमा समितिले बीमा कम्पनीहरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने भएको छ । नगद लाभांश वितरणमा निर्जीवन बीमा कम्पनीलाई पूर्णरूपमा (कर प्रयोजनबाहेक) र जीवन बीमा कम्पनीहरूलाई आंशिक रूपमा रोक लगाउन लागिएको हो ।

विशेषगरी कायमै रहेको कोरोना महामारीलाई लक्षित गरेर बीमा कम्पनीहरूलाई नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरिएको हो । यसअघि २०७२ को भूकम्पको समयमा पनि बीमा कम्पनीहरूलाई नगद लाभांशमा रोक लगाइएको थियो ।

निर्जीवन बीमा कम्पनीहरूलाई कर प्रयोजन बाहेक नगद लाभांश वितरणमा रोक लगाउने समितिको तयारी छ । जीवन बीमा कम्पनीहरूलाई भने केही सहजता प्रदान गरिने बताइएको छ । 

यसरी निर्जीवन बीमा कम्पनीहरूलाई कर प्रयोजन बाहेक नगद लाभांश वितरणमा रोक लगाउने तयारी बिमा समितीले गरेसंगै यी कम्पनीहरुले पूँजी बृद्धिलाई समेत प्राथमिकता राखि राम्रो बोनस प्रस्ताव गर्न सक्ने अपेक्षा लगानीकर्ताहरुको छ । 

सुरूवातदेखि नै कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई आकर्षक प्रतिफल दिँदै आइरहेको छ । कम्पनीकाे सेयरमा ९ वर्ष अगाडि १०० कित्ता सेयर किन्ने लगानीकर्ताहरूकाे सेयर संख्या कम्पनीले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसले गर्दा अहिले बढेर ६ सय ६० कित्ता पुगेकाे छ । यसैगरी, लगानीकर्ताहरूले लगानी गरेकाे भन्दा २ गुणा धेरै रकम कम्पनीले दिएकाे नगद लाभांशबाट प्राप्त गरिसकेका छन् ।

शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडको ९ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत बाेनस र २.१ प्रतिशत नगद गरि कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २४ प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २५.२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६० प्रतिशत बाेनस र ३.१६ प्रतिशत नगद गरि कूल ६३.१६ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २९ प्रतिशत बाेनस र १.५३ प्रतिशत नगद गरि कूल ३०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बाेनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको