Like us!
Follow us!
Connect us!
Watch us!

स्थानिय तह निर्वाचन : १४ वैशाखमा नसके २२ बैशाखमा गर्न आयोग प्रस्ताव जाँदै

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, ०७ : ५९ मा प्रकाशित

स्थानिय तह निर्वाचन : १४ वैशाखमा नसके २२ बैशाखमा गर्न आयोग प्रस्ताव जाँदै

निर्वाचन आयोगले वैशाख २२ र २८ गतेको मिति तय गर्दै स्थानिय तहका निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाका अनुसार यसअघि दिईएको वैशाख १४ र २२ मा स्थानिय तहको निर्वाचन गराउन सरकारले नसकेमा दोस्रो विकल्पको रुपमा २२ र २८ बैशाखको  मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।

गत ९ पुसमा सरकारलाई सुझाव दिँदै आयोगले एकै चरणमा भए वैशाख १४ मा निर्वाचन गर्न र दुई चरणमा गर्ने भएमा २२ बैशाख उपयुक्त हुने धारणा राखेको थियो । ‘हामीले जेठ ५ गते स्थानिय तहको अन्तिम म्याद रहने र म्याद थप गर्ने संवैधानिक व्यवस्था नभएकाले सो मिति भित्रै निर्वाचन गराउन सुझाव दिईसकेका छौं,’ थपलियाले भने, ‘माघ पहिलो साता नै मिति तय गरेको खण्डमा आयोगले निर्वाचनको तयारी गर्नसक्नेछ भन्ने विषयमा पनि ध्यानाकषर्ण गराईसकेका छौं ।’

उनका अनुसार वैशाख २२ मा एकै चरणमा गर्न नसके सरकारका लागि २७ र २८ वैशाखको मिति प्रस्ताव गर्न लागिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको