Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका सञ्चालक समितिका अध्यक्षको सपथ ग्रहण

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, १२ : ०० मा प्रकाशित

नबिल बैंकका सञ्चालक समितिका अध्यक्षको सपथ ग्रहण

नबिल बैंक लिमिटेडको सञ्चालक समितिको पौष ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट हिजाे माघ ५ गते पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

नबिल बैंकले ३७औँ साधारण सभा सम्पन्न गरको तथा अहिलेसम्म गरी आएको कार्यहरुलाई, गभर्नरले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पुर्याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए । नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेललाई पौष ३० गते सम्पन्न बैंकको ३७औँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) को प्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित गरेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको