Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंककाे वित्तीय अवस्था कस्ताे छ ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १४ : ५३ मा प्रकाशित

सिद्धार्थ बैंककाे वित्तीय अवस्था कस्ताे छ ?

सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब ५७ करोड ७३ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७१.६८ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ९१ करोड ८७ लाख ४० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि १८.७९ प्रतिशतले बढेर ३ अर्ब ६९ लाख ४९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ५३ करोड १२ लाख ९५ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ७०.३२ प्रतिशतले बढेर २ अर्ब २८ करोड ८ लाख ५१ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले एक अर्ब ३३ करोड ९१ लाख ८३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ६८ करोड ८३ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ७ करोड १० लाख ६९ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ २५ पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61ea7bb0d3891.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको