Like us!
Follow us!
Connect us!
Watch us!

२०० दिनको मुभिङ्ग एभरेजको सपोर्ट एरियामा नेप्से, टप ब्रोकरहरुको बिक्रि भन्दा खरिद बढी !

बसन्त पाण्डे

बुधबार, १२ माघ २०७८, १६ : २१ मा प्रकाशित

२०० दिनको मुभिङ्ग एभरेजको सपोर्ट एरियामा नेप्से, टप ब्रोकरहरुको बिक्रि भन्दा खरिद बढी !

नेप्से अहिले २०० दिनको मुभिङ्ग एभरेजको लाइनमा छ।  २०० दिनको मुभिङ्ग एभरेजको एरियालाई प्राविधिक विश्लेषणमा धेरै महत्वका साथ लिने गरिन्छ।  विगतमा बजार घटेर २०० दिनको मुभिङ्ग एभरेज नजिकै आउंदै गर्दा बजार केहि दिन साइडवेजमा गएर त्यसपछि कि त तलतिरको कि त माथितिरको यात्रा समाएको देखिन्छ।  हिजो देखि २०० दिनको मुभिङ्ग लाइनलाइ सपोर्ट बनाएर बसिरहेको बजार आज पनि २०० दिनको मुभिङ्ग एभरेजको लाइनमै छ।  

प्राविधिक रुपमा हेर्दा बजार कस्तो देखियो ? 

यस अघि बजार २८८० भन्दा माथि हुँदै गर्दा हामीले बजार ५/६ दिनदेखि एउटै लेभलमा बसिरहेको र तलतिर या माथितिर जतापट्टिको ब्रेक आउट भएपनि शर्प मुभमेन्ट आउन सक्ने बताएका थियौं। २८८० को सपोर्ट लेभललाइ ब्रेक गर्दै नेप्से तलतिर गइसकेपछि बजार तिब्र रुपमा खस्दै आज २७६० को बिन्दुसम्म आएर फर्केको थियो। 

बजार खस्दै गर्दा लगातार रुपमा भोलुम खसेको छ।  हिजो करिब ५ अर्ब ५० करोडको कारोबार भएको थियो भने आज डेली कारोबार ४ अर्ब ३१ करोडमा सिमित भएको छ।  बजार खस्दै गर्दा कारोबार रकम कम हुनुले घट्दो मुल्यमामा सेयर बेच्न लगानीकर्ताहरु तयार नरहेको संकेत गर्दछ।  
२०० दिनको मुभिङ्ग एभरेजको एरिया आफैमा बलियो सपोर्टको एरिया हो भने यदि बजार अझै खसेर तल जान्छ भने २७०० तिरको एरिया महत्वपूर्ण सपोर्टको एरिया हुनेछ।  

टप ब्रोकरहरुको बिक्रि भन्दा खरिद धेरै !
आज बजार ३८ अंकले घटेर क्लोज हुँदै गर्दा टप कारोबार गर्ने ब्रोकरहरुमध्ये अधिकांशको खरिदतर्फको कारोबार रकम बढी देखिएको छ।  सो मध्ये सबैभन्दा धेरै कारोबार गर्ने नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) बाट २८ करोड बराबरको खरिद हुँदै गर्दा १६ करोड बराबरको बिक्रि भएको छ भने ब्रोकर नम्बर ४५ (इम्पेरीयल सेक्युरिटिज) बाट २४ करोड हाराहारीको खरिद भएको छ भने १७ करोड हाराहारीको बिक्रि भएको छ।  

61f125699359a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको