Like us!
Follow us!
Connect us!
Watch us!

आगामी साता बजार के हुन्छ ? (प्राविधिक विश्लेषण)

अर्थ संसार

शनिबार, २२ माघ २०७८, ०८ : १८ मा प्रकाशित

प्राविधिक विश्लेषक अजयसिंह थापाले आगामी साता बजार सकारात्मक नै रहने बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा थापाले नेप्से पहिले पनि २८५४ भन्दा माथिकै विन्दुमा रहेकोले आगामी साता नेप्से बढेर ३०२३ को विन्दुसम्म पुग्न सक्ने बताएका हुन् ।

उनले भने, "अहिलेको नेप्सेको चार्टलाई हेर्दा नेप्सेमा ३०२३ को विन्दुमा पुगेपछि मात्र करेक्सन आउने जस्तो देखिन्छ, अन्तिम दिनमा आएको भोलुमसहितको करेक्सनले बजार केही करेक्सन हुन खोजेको हो कि भन्ने संकेत गरेको छ तर नेप्से यदी २८५४ को विन्दुभन्दा माथि नै बस्यो भने त्यो बियरिस क्यान्डलाई पनि इन्भ्यालिड गरेर बजार माथि नै जान्छ यदि नेप्से २८५४ भन्दा पनि तल आयो भने बजारमा केहि सामान्य करेक्सन आउन सक्छ ।" 

याे साता पनि सेयर बजार समग्रमा सुखद नै रहेकाे थियाे । यस साता नेप्से परिसूचक ३.४८ प्रतिशतले बढेकाे छ । काराेबार रकममा उछाल आएकाे थियाे । यस सता औषतमा दैनिक ६ अर्ब ६६ कराेड बराबरको सेयर कारोबार भएको थियाे । यस साता नेप्सेमा सूचिकृत १३ वटै उपसमूहले उकालाे यात्रा तय गरे । सबैभन्दा धेरै हाइड्राेपावर उपसमूह बढेकाे छ । 

प्राविधिक विश्लेषक अजयसिंह थापासँग गरिएको कुराकानीको भिडियोः


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको