Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडाैं उपत्यकामा आधा महिनापछि हट्याे सवारीसाधनकाे जाेरबिजाेर

अर्थ संसार

सोमबार, २४ माघ २०७८, ०६ : ५७ मा प्रकाशित

काठमाडाैं उपत्यकामा आधा महिनापछि हट्याे सवारीसाधनकाे जाेरबिजाेर

 कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै मध्यरातिबाट निर्णय लागू भएकाे हाे ।

७ माघ मध्यरातिदेखि जाेरबिजाेर लागू भएकाे थियाे । त्यसपछि १४ माघमा संशाेधन गर्दै सार्वजनिक सवारी साधनमा जाेरबिजाेर हटाइएकाे थियाे । तर, निजी सवारीसाधनमा भने जाेरबिजाेर कायमै थियाे ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालले काेराेना महामारीमा जारी स्वास्थ्य मापदण्डकाे पालना गर्नेगरी जाेरबिजाेर हटाइएकाे बताए । उनका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको