Like us!
Follow us!
Connect us!
Watch us!

‘नो भोट’ अभियान रोकिएको छैन, हाम्रो सम्पती माथि प्रहार गर्नेलाई ‘ब्यालेट’ बाट जवाफ दिन्छौँ

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, १२ : १८ मा प्रकाशित

लगानीकर्ताहरुको 'नो भोट' अभियान रोकिएको नभइ परिमार्जन भएको बताउँछन् लगानीकर्ता दवाव समूहका महासचिव नयन बास्तोला । लगानीकर्ताहरूकाे व्यवसाय र सम्पती माथि प्रहार गर्ने राजनितीक दल र तिनका नेताहरुलाई अब सामाजिक सञ्जालबाट नभई ब्यालेटबाट जवाफ दिने उनको तर्क छ । 

अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा बास्तोलाले भने ‘हिजो नियामकहरुको निरन्तर प्रहारबाट बजार घट्दा लगानीकर्ताहरु प्यानिक भएको अवस्थामा हामीले विभिन्न दवावमूलक कार्यक्रमहरु गरेका थियौँ तर अहिले त्यो बाहिरी रुपमा रोकिएको जस्तो देखिएको छ यसको प्रमुख कारण भनेको अहिले नियामक निकाय नेतृत्व बिहिन हुनु पनि हो तर हामी भित्री रुपमा नियामकहरुलाई दवाव दिइरहेका छौँ ।’

‘राजनितिक दलहरु र तिनका नेताहरु नेपालको पूँजी बजार पछि सकारात्मक नभएपछि हामीले उनीहरुका विरुद्धमा नो भोट अभियान चलायाैँ तर अहिले त्यो सामाजिक सञ्जालमा रोकिएको मात्र हो’ उनले भने ‘वास्तविक रुपमा हाम्रो अभिमत त्यही नै हो यदी कसैले हाम्रो लगानी माथि प्रहार गर्छ भने हामीले पनि त्यस्ता नेता र दलहरुलाई बहिस्कार नै गर्ने हो हामिले दलहरुलाई वा सरकारलाई नियामक निकायमा वहाँहरुको मान्छे भन्दा पनि सक्षम मान्छे नियुक्त गर्नुहोस् भनेर दवाव दिइरहेका छौ’ । 

अहिले भर्खरैमात्र सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको नियुक्तीका विषयमा पनि विभिन्न प्रश्नहरु उठेको भन्दै उनले भने ‘आगामी दिनमा वहाँले गर्ने कामका आधारमा उहाँले गर्ने कार्य प्रगतीमा आधारमा उहाँको मूल्याङंकन होला तर अहिलेलाई हामीले सफल कार्यकालको शुभकामना दिने मात्र हो ।'

आफूले सेयर बजारलाई आफ्नो व्यवसायका रुपमा स्विकार गरेकोले पनि आफू यसमा सक्रियता पुर्वक लागेको भन्दै उनले भने ‘समग्रमा अहिले बजारमा बुलिस सेन्टिमेन्ट नै छ, बुलिसभित्र पनि बजारमा त अप्स डाउन आइनै रहन्छ निरन्तर बजार बढ्ने मात्र वा घट्ने मात्र पनि हुँदैन बुलिस ट्रेन्डमा आउने करेक्सनलाई लगानीकर्ताहरुले खरिद अवसरका रुपमा सदुपयोग गर्न सक्नुपर्छ’ ।  

बास्ताेलासँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको