केही समयअघि मात्र आईपीओ निष्कासन गरेर सर्वाधिक चर्चा कमाएका महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड दुवै संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
हामीले यी दुई संस्थाहरूको वित्तीय सूचकलाई तुलनात्मक रूपले हेरेका छौँ । यी दुई संस्थाहरूको वित्तीय विवरण तुलना गरेर हेर्दा प्राय सबै प्रमुख वित्तीय सूचकहरूमा जीवन विकास लघुवित्त अब्बल देखिएको छ ।
जीवन विकास लघुवित्तले यही असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरिसकेकाे छ । जीवन विकास लघुवित्तले भने हालसम्म लाभांश घाेषणा गरेकाे छैन । महिला लघुवित्तकाे भन्दा जीवन विकास लघुवित्तकाे वित्तीय विवरण राम्राे रहेकाे हुनाले यस संस्थाले अझै बढी लाभांश दिने लगानीकर्ताहरूले आँकलन गरेका छन् ।
चुक्ता पूँजीकाे आधारमा जीवन विकास लघुवित्त महिला लघुवित्त भन्दा अगाडी छ । चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तकाे चुक्ता पूँजी ६० करोड ८४ लाख रूपैयाँ छ । यता महिला लघुवित्तकाे चुक्ता पूँजी भने १४ करोड ७५ लाख रूपैयाँ छ ।
पाैष मसान्तसम्ममा जीवन विकास लघुवित्तको जगेडा कोषमा एक अर्ब ७२ करोड २१ लाख रुपैयाँ सञ्चित छ । यता महिला लघुवित्तको जगेडा कोषमा २३ करोड १७ लाख ६० हजार रूपैयाँ सञ्चित छ । जगेडा कोषमा पनि जीवन विकास लघुवित्त नै अब्बल छ ।
चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ४० करोड १६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यता महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
पाैष मसान्तसम्ममा जीवन विकास लघुवित्तले ८० करोड ३० लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ करोड ४९ लाख ६० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । याे सूचकमा पनि जीवन विकास लघुवित्त अघि छ ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ८१ लाख २ हजार रुपैयाँ सञ्चालन मुनाफा गर्दा जीवन विकास लघुवित्तले ४१ करोड ५३ लाख ७९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ ।
पाैष मसान्तसम्म जीवन विकास लघुवित्तकाे प्रतिसेयर आम्दानी १३२ रुपैयाँ ४ पैसा पुगेकाे छ । यता महिला लघुवित्तकाे प्रतिसेयर आम्दानी ११० रुपैयाँ ९७ पैसा रहेकाे छ ।
चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म महिला लघुवित्तकाे प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा पुग्दा जीवन विकास लघुवित्तकाे प्रतिसेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेकाे छ ।
समिक्षा अवधिमा महिला लघुवित्तकाे मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने जीवन विकास लघुवित्त मूल्य आम्दानी अनुपात ३४.२३ गुणा रहेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस