Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे नेप्से, चुनाव घोषणाले पनि किन बढेन सेयर बजार ?

नेप्से

मंगलबार, २५ माघ २०७८, १५ : ०२ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे नेप्से, चुनाव घोषणाले पनि किन बढेन सेयर बजार ?

आज (मंगलबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । चुनावकाे मिति ताेकिँदा सेयर बजारमा सकारात्मक उछाल देखिने लगानीकर्ताकाे अपेक्षा थियाे । तर आज बजार घटेकाे छ । मंगलबार काराेबारकाे प्रारम्भमा सकारात्मक देखिएकाे बजार बन्द हुने बेलासम्म आइपुग्दा दाेहाेराे अंकले घटेकाे हाे ।

सरकारले स्थानीय तहको चुनाव घोषणा गर्दा समेत आज बजार घट्नुको मुख्य कारण राजनितीक अन्यौलता रहेको बताउँछन् अनुभवी लगानीकर्ता राजेश क्षेत्री । 'अहिले सत्ता गठबन्धनमा पछि खटपट आएको समाचार समेत बाहिरियको छ एमसीसीका कारण सत्ता गठबन्धनकै एक घटक अहिले सडक संघर्षमा उत्रियको छ, प्रधानमन्त्री देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा टेबुल गर्न चाहन्छन् तर अन्य सत्ता गठबन्धन दलहरु परिमार्जन बिना पास गर्न तयार छैनन् जसका कारण राजनितीक अन्यौलता चुलिएको छ' उनले भने 'अर्को कुरा लामो समय देखि धेरै लगानीकर्ताहरु चुनाव घोषणा पछि सेयर बेच्ने भनेर पर्खिएका पनि थिए आज उनीहरुको म्यासिभ सेल आँउदा बजार नकारात्मक हुन पुग्यो ।' 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा पुगेकाे छ । नेप्से ०.५७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक २.८२ अंकले घटेर ५३२.४९ विन्दुमा झरेकाे छ ।

कूल २३० वटा कम्पनीकाे एक कराेड २० लाख ५३ हजार ७ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९ सय ८५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, मंगलबार काराेबारमा अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अब्बल छ । कम्पनीकाे ३५ कराेड ८५ लाख १२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ६.१५ प्रतिशतले बढेर ४ सय ८१ रूपैयाँ ९० पैसा पुगेकाे छ ।

यस दिन लिबर्टी इनर्जी कम्पनी लिमिटेडकाे सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.२७ प्रतिशतले घटेर ३ सय ८९ रूपैयाँ कायम भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको