Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनको तयारीमा जुट्यो आयोग, निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट बन्दै

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, १५ : ३४ मा प्रकाशित

निर्वाचनको तयारीमा जुट्यो आयोग, निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट बन्दै

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेको छ । 

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तयारी थालेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार आयोगले निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार गर्दैछ । 

आन्तरिक कमिटी बनाएर कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार पारिने उनले जानकारी दिए । ‘कमिटीले तयार पारेको ड्राफ्टको मस्यौदालाई आयोगले अध्ययन गरी स्वीकृत गरेपछि स्थानीय तह निर्वाचनको कार्यविधि निर्देशिका तयार हुन्छ,’ उनले भने ।

विगतका निर्वाचनका अनुभव र कमजोरीका आधारमा कार्यविधि बनाउने पौडेलले बताए । यस्तै आयोगले मंगलबार सबै जिल्लाका निर्वाचन कार्यलयलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहान भर्चुअल माध्ययममार्फत भएको बैठकमार्फत यस्तो निर्देशन दिएको प्रवक्ता पौडेलले जानकारी दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको