Like us!
Follow us!
Connect us!
Watch us!

२४ घन्टामा  एक हजार नाै सय ५७ जनामा संक्रमण पुष्टि

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, १६ : ५२ मा प्रकाशित

२४ घन्टामा  एक हजार नाै सय ५७ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार नाै सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य मन्त्रालयले मंगलबार १२ हजार ६ सय ९२ वटा नमुना परीक्षण गर्दा एक हजार नाै सय ५७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार पाँच सय ८७  जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार एक सय ८४  जना र  चार हजार एक सय पाँचजनामा एन्टिजेन परीक्षण गर्दा सात सय ७३ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार एक सय ८१ रहेको छ ।

पछिल्लो २४ घन्टामा पाँच हजार एक सय तीनजना डिस्चार्ज भएका छन् । काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको