Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सकाे हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, २७ माघ २०७८, ०७ : २९ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सकाे हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद सेयर सुरक्षित गर्ने आज माघ २७ गते, बिहीबार अन्तिम दिन रहेकाे छ ।

कम्पनीले हकप्रद प्रयाेजनका लागि फागुन १ गते, आइतबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न सक्नेछन् ।

कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीकाे ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको