स्थानिय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोको तयारीको बारेमा औपचारिक रुपमा पहिलो पटक कार्यक्रम गर्ने भएको छ ।
आगामी ३० वैशाखमा एकैचरणमा स्थानिय तहको निर्वाचनको मिति गर्ने घोषणा भए लगत्तै एमालेले स्थानिय तहको निर्वाचनको तयारी केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको आयोजना शुक्रबार गर्न लागेको हो ।
‘कार्यक्रममा पार्टी केन्द्रिय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेश सभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुनेछन्,’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार शुक्रबार अपरान्ह १ बजे केन्द्रीय कार्यालय, थापाथलीबाट अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बाेधन गर्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस