Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धकको जवाफ

अर्थ संसार

शुक्रबार, २८ माघ २०७८, १२ : ३० मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धकको जवाफ

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबै लगानीकर्ताकाे चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडसँग कुरा गरेका छाैँ ।

क्यापिटलका अनुसार हाल उक्त आईपीओकाे डाटा भेरिफिकेसनकाे काम चलिरहेकाे छ । डाटा भेरिफिकेसनकाे काम सकिएपछि प्री-अलाेटमेन्ट सम्पन्न गरी बाँडफाँडकाे मिति ताेकिनेछ । अर्काे साताभित्र बाँडफाँड कार्य सम्पन्न गर्ने तयारी गरिएकाे छ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

संस्थाकाे आईपीओमा परेकाे आवेदनले नयाँ रेकर्ड कायम गरेकाे थियाे । अन्तिम दिनसम्ममा २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ६६.६५ गुणा धेरै हो ।  

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाबाट बाँडफाँड गरिनेछ ।

आईपीओको बारेमा सम्पूर्ण जानकारी थाहा पाउन जाल्पा सामुदायिक लघुवित्तकी सीईओ बिमला योगीसँग गरिएको भिडियो कुराकानी हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको