Like us!
Follow us!
Connect us!
Watch us!

‘खल्ती’ बाटै काठमाडौँ महानगरपालिकाको कर तथा राजश्व भुक्तानी सुविधा सुरु

अर्थ संसार

शनिबार, २९ माघ २०७८, १३ : ३१ मा प्रकाशित

‘खल्ती’ बाटै काठमाडौँ महानगरपालिकाको कर तथा राजश्व भुक्तानी सुविधा सुरु

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी 'खल्ती' डिजिटल वालेटले करदाताहरूका लागि काठमाडौँ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौँ महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै : जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।

यस सेवाका बारे थप बोल्दै ‘खल्ती’ का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क  अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा  त्यस क्षेत्रका बासिन्दालाई सहज हुनेछ कुरामा हामी विश्वस्त छौं। साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा हामीले राखेका छौं।”

करदाताले तल बताइएको तरिका अनुसार ‘खल्ती’ छनौट गरि भुक्तानी गर्न सक्नेछन्।

१. यो सुविधा लिनुपुर्व करदाताले https://eservice.kathmandu.gov.np मा गएर आवश्यक पर्ने सम्पूर्ण विवरण दाखिला गरी करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ।

२. दर्ता भई सकेको खण्डमा आफ्नो आफ्नो युजर नाम र पासवर्ड दाखिला गरि लग-इन गर्न सकिनेछ। 

३. करदाता पोर्टलमा लग इन गरे पश्चात करदाताको विवरण प्राप्त हुनेछ । 

४. आफूले तिर्ने करको छनोट गरेर कर मुल्यांकन हुनेछ। 

५. सम्पूर्ण विवरण सही भए भुक्तानी विकल्पहरूमा खल्ती छनौट गरेर प्रक्रिया पूरा गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको