Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अझै सस्तोमा नेपाल भर एउटै दरमा भ्वाइस सेवा

अर्थ संसार

शनिबार, २९ माघ २०७८, १५ : १८ मा प्रकाशित

एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अझै सस्तोमा नेपाल भर एउटै दरमा भ्वाइस सेवा

एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक रु १।९९ प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट रु १।६२ कायम गरेको छ । 

प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।  

यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) बाट लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले *17107# डायल गरी सेवा निःशुल्क सुचारु गर्न सक्छन् । याे नयाँ महशुल दर २०७९ साउन २४ गते सम्म लागु रहनेछ ।

नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट  भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको