Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो महालक्ष्मी लाइफको आईपीओ निष्कासन गर्ने प्रकृया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

सोमबार, ०२ फागुन २०७८, १७ : ०५ मा प्रकाशित

अघि बढ्यो महालक्ष्मी लाइफको आईपीओ निष्कासन गर्ने प्रकृया, बिक्री प्रबन्धक नियुक्त

महालक्ष्मी लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने प्रकृया अघि बढाएकाे छ ।

कम्पनीले जारी पूँजी २ अर्ब रूपैयाँकाे ३० प्रतिशतले हुन आउने ६० कराेड रूपैयाँ बराबरकाे प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न लागेकाे हाे । 

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । उक्त सम्झाैतापत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको