अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे चौथोँ वार्षिक साधारण सभा आज (फाल्गुन ६ गते, शुक्रबार) हुँदैछ । उक्त सभा युनाईटेड वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर काठमांडौमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
कम्पनीले गत आर्थिक बर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सेयरधनीकाे हात खाली हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले २४ माघमा बुक क्लोज गरेकाे थियाे । यसअनुसार २३ माघसम्म कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस