Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपालले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

आइतबार, ०८ फागुन २०७८, ०८ : ०५ मा प्रकाशित

बोटलर्स नेपालले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । 

कम्पनीले २०७३/०९/११ मा सम्पन्न भएको ३०औं (आ.व. २०७२/७३) वार्षिक साधारण सभाबाट पारित भएकाे लाभांश सम्बन्धित सेयरधनीहरुले वा निजको हकवालाले पाँच वर्ष पुगिसक्दा पनि हालसम्म लिन नआएको तथा दावी समेत नपरेकाे भन्दै लाभांश लिन अनुरोध गरेको हाे । 

लाभांश रकम भुक्तानी लिन बाँकी रहेका सेयरधनीहरुले कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँमा आफ्नो परिचयपत्र लिई यो सूचना प्रकाशित भएको मितिले एक महिना भित्र सम्पर्क गरी लाभांश लिन सक्नेछन् ।

सो अवधि भित्र लिन नआए उक्त भुक्तानी गर्न बाँकी रहेको लाभाशं रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापित लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको