Like us!
Follow us!
Connect us!
Watch us!

माैद्रिक नीतिकाे समिक्षा प्रभाव : दाेहाेराे अंकले घट्याे नेप्से

नेप्से

आइतबार, ०८ फागुन २०७८, १५ : ०२ मा प्रकाशित

माैद्रिक नीतिकाे समिक्षा प्रभाव : दाेहाेराे अंकले घट्याे नेप्से

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा गिरावट देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा कारोबार रकम भने अघिल्लाे काराेबार दिनकाे तुलनामा बढेकाे छ ।

गत बिहीबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको थियाे । त्यसैकाे असर सेयर बजारमा देखिएकाे हाे । राष्ट्र बैंकले सेयर बजारसँग सम्बन्धित केही नीति ल्याउला भन्ने लगानीकर्ताकाे अपेक्षा थियाे । तर लगानीकर्ताहरूले अपेक्षा गरे अनुसार राष्ट्र बैंकले सेयर बजारमैत्री नीतिहरू नल्याउँदा बजार प्रभावित भएकाे हाे । यससंगै बैंकले अनुत्पादक मुलक क्षेत्रमा गरिएको कर्जा लगानीलाई कडाइ गर्ने र ब्याजदर समेत केही बढाउने समाचार बाहिरिएसँगै लगानीकर्ताहरु थप त्रसित बनेका हुन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा झरेकाे छ । नेप्से १.४४ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि ४.९९ अंकले घटेर ५१३.६४ विन्दुमा झरेको छ । 

कूल २३० वटा कम्पनीकाे ७१ लाख २२ हजार २ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८ सय २८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे ५८ कराेड २ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । संस्थाले आजै मात्र बम्पर लाभांश घाेषणा गरेकाे थियाे । कम्पनीको हिजाे (फागुन ७ गते, शनिबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

आइतबार युनाइटेड ईदी-मार्दी र आरबी हाइड्रोपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ५९ रुपैयाँ पुगेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ४.७४ प्रतिशतले घटेर ५ सय २१ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको