Like us!
Follow us!
Connect us!
Watch us!

तपाइँलाई थाहा छ ? परिवारको सेयर कसरी आफ्नो नाममा बनाउने ?

अर्थ संसार

विहीबार, १९ फागुन २०७८, १५ : १५ मा प्रकाशित

पछिल्लाे समय नयाँ लगानीकर्ता थपिने क्रम बढ्दाे छ । नयाँ लगानीकर्ताहरूलाई बजार सम्बन्धी कतिपय कुराहरू थाहा हुँदैनन् । पुराना एवमं अनुभवी लगानीकर्ताहरूलाई पनि सेयर बजारको कानुनी पाटो थाहा नहुन सक्छ । त्यसैले हामीले अर्थ संसारबाट साप्ताहिक रूपमा प्रसारण हुने कानुनका कुरा नामक कार्यक्रमको एक श्रृङ्खलामा लगानीकर्ताहरूले साेध्नु भएकाे सेयर बजारसम्बन्धी कानुनका जिज्ञासाहरूलाई समेटेका थियौँ । यीनैमध्येका कतिपय कुराहरू तपाईँलाई पनि थाहा नहुन सक्छ ।

प्रश्न १ : मेराे बुबा ठूलाे लगानीकर्ता हुनुहुन्थ्याे, उहाँकाे नाममा धेरै सेयर छ अहिले उहाँकाे निधन भयाे अब त्याे सेयर मैले पाउँछु की पाउँदिन ?

सामान्यतया कसैकाे मृत्यु पछि उहाँकाे नाममा भएकाे सम्पत्तिकाे अपुताली खुल्ला हुन्छ । कसैकाे मृत्युपछि उहाँकाे सम्पत्ति कसकाे हक लाग्ने भन्ने मुलुकी देवानी समिता, २०७४ ले एउटा निश्चित नातालाई तोकी दिएको छ । जस अनुसार यदि सगोलमा हुनुहुन्छ भने तपाईँको बुबाको सम्पत्तिको पहिलो हकदार तपाईँको आमा हुनुहुन्छ । आमा नभएको अवस्थामा सगाेलमा भएका छोरा वा छोरी त्यसको मुख्य हकदार हुन्छन् ।   त्यसपश्चात् छुट्टिएका छोरा छोरीको हक लाग्दछ । सर्वप्रथम त्यो सेयर आमाको नाममा ट्रान्सफर हुन्छ । आमाको नाममा आइसकेपछि तपाईँ पनि त्यो सेयर हकदार हुन सक्नुहुन्छ । तपाइँ छुट्टिनु भएको छैन भने त्यो सेयर अंश दावी गरेर लिन सक्नुहुन्छ । तपाइँ छुट्टिसक्नु भएको छ भने आमाले आफ्नो सम्पत्ति आफू खुसी गर्न सक्नुहुन्छ । 

प्रश्न २ : हामी सगाेलमा हुँदा श्रीमतीको नाममा करोडौँको सेयर लिँए अहिले डिभोर्स हुन लाग्यो, अब त्याे सेयर के हुन्छ ?

सामान्यतया अंशियारहरूकाे नाममा रहेकाे सम्पत्ति हरेक अंशियारलाई भाग लाग्छ । त्यो चल होस् वा अचल होस् । सेयरलाई चल सम्पत्तिको रूपमा राखिएको छ । तपाईँको श्रीमतीको निजी आर्जन हो भनेदेखि तपाइँको भाग नलाग्न सक्छ । तर तपाईँले सगोलमा रहँदा सगोलको सम्पत्तिले किनेको वा कमाएको सम्पत्ति तपाइँको भाग लाग्दछ । तपाइँले अंश मुद्दा गर्नु भएको छ वा तपाइँको श्रीमतीले अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा गर्नुभएको अवस्था छ भने तपाइँले त्यो सेयरलाई मुद्दा नटुङ्गिएसम्म खरिदबिक्री गर्न नपाउने गरी रोक्का राख्न सक्नुहुन्छ । अदालतले प्रमाण लिएर तपाइँहरूको सगोलको आर्जन रहेछ भने दुवै जनालाई भाग लाग्ने फैसला गर्दछ । 

पश्न ३ : मैले सहमतिमा नै मेराे साथीकाे नाममा सेयर खरिद गरेकाे थिएँ अहिले मेराे नामकाे सेयर दिन्न भन्छ अब मैले त्याे सेयर कसरी पाउँछु ?

कुनै पनि व्यक्तिले आफ्नो बाहेक अरूको नाममा सेयर आवेदन गर्न पाइँदैन । तपाइँले साथीको सहमतिमा नै त्यसरी आवेदन वा खरिद गर्नुभएको भएपनि त्यो सेयरको स्वामित्व तपाइँको साथीको नाममा रहन्छ । जब साथीको नाममा सेयर स्वामित्व रहन्छ उसले सेयर बिक्री गरेर तपाइँलाई पैसा दिँन चायो भने त्यो तपाइँले पाउनुहुन्छ । तर उसले यो सेयर मेरो हो म दिँन्न भन्यो भने तपाइँले कुनै पनि कानुनी उपचार गरेर त्यो सेयर आफूले लिन सक्नुहुन्न । तपाइँकै लगानी भएपनि उसको स्वामित्वमा भएपछि तपाइँको हक लाग्दैन । 

प्रश्न ४ : मेराे परिवारकाे नाममा सेयर छ उहाँहरू त्याे सेयर मेराे नाममा हस्तान्तरण गर्न चाहानु हुन्छ त्याे सेयर मैले लिन सक्छु की सक्दिँन ?

सामान्यतया सेयर ट्रान्सफर गरेर दाेश्राे बजारमा खरिदबिक्री गर्ने हाे । कानुनी रूपमा केही अवस्थामा बिक्री बाहेक हक हस्तान्तरण हुन्छ । जस्ताे एउटा फेमेली ट्रान्सफर हुन्छ । परिवारका ३ पुस्ताभित्रकाे सदस्यहरूले एक अर्कालाई सेयर हस्तान्तरण गर्न सक्छन् । त्यसलाई पारिवारिक हस्तान्तरण भनिन्छ । त्यसरी हस्तान्तरण गर्नलाई तपाइँहरूले जुन कम्पनीको सेयर हस्तान्तरण गर्नुपर्नेछ त्यस कम्पनीको सेयर रजिष्ट्रार वा डीपी कार्यालयमा जानु पर्नेछ । सेयर ट्रान्सफ गर्न चाहाने र लिने दुवै व्यक्ति गएर एउटा कन्ट्रयाक्ट पेपरमा हस्ताक्षर गर्नुपर्दछ । यसरी परिवारको नाममा भएको सेयर आफ्नो नाममा लिन सकिन्छ । सेयर हस्तान्तरण गर्ने अर्काे विधि भनेकाे जस्तै कसैकाे सेयर लेनदेनमा अदालतमा मुद्दा पर्याे भने अदालतकाे फैसला अनुसार अदालतकाे चिठ्ठीसहित आफ्नो डिपीमा गएर सेयर हस्तान्तरण गर्न सक्नुहुन्छ । अर्को विधि भनेको मृत्युमा नामसारी हो । कोही परिवारको सदस्यको मृत्यु भयो भने उसको हकवालाले सेयर हस्तान्तरण गरेर आफ्नो नाममा लिन सक्छ । त्यसका लागि मृत्यु दर्ताको कागजसहित सम्बन्धित डिपीमा सम्पर्क गर्नुपर्छ । 

भिडियाे पनि हेर्नुहाेस् : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको