Like us!
Follow us!
Connect us!
Watch us!

१९ वाणिज्य बैंकको पिई २० भन्दा तल, के यो इन्ट्रीको राईट टाईम हो ?

अर्थ संसार

शनिबार, २१ फागुन २०७८, १६ : १४ मा प्रकाशित

१९ वाणिज्य बैंकको पिई २० भन्दा तल, के यो इन्ट्रीको राईट टाईम हो ?

पछिल्लो समय नेपालको सेयर बजार निरन्तर ओरालो यात्रामा छ । नेप्से हालसम्म सर्वाधिक उच्च विन्दुबाट करिब ७०० अंकले कम विन्दुमा छ । नेप्से परिसूचकसँगै नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुको सेयरमूल्य पनि ओरालो लागि रहेको छ ।

नेपालको बजारलाई बैंक तथा वित्तिय संस्थाहरुको बाहुल्यता रहेको सेयर बजारका रुपमा पनि हेर्ने गरिन्छ । बजारको करिब ६० प्रतिशत भन्दा बढी हिस्सा नै बैंक तथा वित्तिय संस्थाहरुले ओगटेको जानकारहरु बताउँछन् । अहिले नेप्सेमा जम्मा २६ वटा वाणिज्य बैंकहरु सुचिकृत छन् । जसमध्ये २३ वटा बैंकहरुको दोस्रो बजार कारोबार भइरहेको छ भने ३ वाणिज्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका बीचमा मर्जर प्रक्रिया भाँडिएका कारण र नेपाल बंगलादेश बैंक नबिल बैंकसँग मर्जर प्रक्रियामा रहेकाले यी बैंकहरूको कारोबार रोक्का छ । 

कुनै पनि कम्पनीको सेयर खरिद गर्नुपुर्व उक्त कम्पनीको अवस्था कस्तो छ भन्ने जानेर बुझेर मात्र लगानी गरेमा उक्त लगानी सुरक्षित हुन्छ । सामान्यतया लगानीकर्ताहरुले कम्पनीको मुनाफा बढ्दो भएका, प्रतिसेयर आम्दानी बढि भएका र सकेसम्म कम पिई रेसियो भएका कम्पनीमा लगानी गर्दा सुरक्षित हुने मानिन्छ । 

कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पिई) रेसियो हो । यो अनुपात कम (१ भन्दा कम) भएका सेयर शंकास्पद हुन्छन, १० देखि २० सम्मका तुलनात्मक रुपमा सुरक्षित हुन्छन्, २० भन्दा माथिका जोखिमयुक्त हुन्छन् । शंकास्पद भन्नुको अर्थ कम पिइ रेसियो हुनुमा लगानीकर्ताहरुले पहिचान नगरेकाले बजार मूल्य कम हुँदा पिई पनि कम हुन्छ भने अर्कोतिर कम्पनीले नाफा नै कम गरेकोले इपिएस कम भई पिइ पनि न्युन हुन सक्छ । त्यसैले कुन कारणले पिई कम भएको हो पत्ता लगाउनु पर्छ ।

अहिलेको यो बुलमा अन्य क्षेत्रको तुलनामा वाणिज्य बैंकहरुको सेयर मूल्य बढ्न सकेको छैन कतिपयले त अहिलेको बुल वाणिज्य बैंकहरुलाई नलागेको तर्क गर्छन् । अहिले पछिल्लो समय बजारमा आएको करेक्सनले वाणिज्य बैंकहरुको सेयर मूल्यमा समेत गिरावट आएको छ । 

२६ वटा वाणिज्य बैंकमध्येमा ६ वटा बैंकहरुको पिई रेसियो मात्र २० भन्दा माथि छ भने अन्य २० वटा बैंकहरुको पिई २० भन्दा कम छ । पिई रेसियो बढी भएको ६ वाणिज्य बैंकहरुमध्ये ३ यटा बैंकहरुको त दोस्रो बजारमा कारोबार नै रोक्का छ ।  

नेपालका सबै वाणिज्य बैंकहरुले दोस्रो त्रेमाससम्मको वित्तिय विवरण प्रकाशन गरिसकेका छन् । वाणिज्य बैंकहरुको दोस्रो त्रैमाससम्मको प्रतिसेयर आम्दानी र अन्तिम कारोबार मूल्यका आाधारमा सबैभन्दा कम पिई रेसियो भएको बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ बुधबारको अन्तिम कारोबार मूल्यका आधारमा ग्लाबल आईएमईको पिई रेसियो १३.९३ गुणा रहेको छ । समग्रमा वाणिज्य बैंकहरुको एभ्रेज पिई रेसियो नै १९.६५ गुणा रहेको छ भने एभ्रेज प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७१ पैसा रहेको छ भने एभ्रेजमा सेयर मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ रहेको देखिन्छ । 

यस्तो वाणिज्य बैंकहरुको अन्तिम कारोबार मूल्य, प्रतिसेयर आम्दानी र पिई रेसियो "
 

6221cfe0dfdad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको