नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिदान दिई स्थापित भएका राजनीतिक दलहरूलाई निषेध गर्नु अस्वीकार्य हुने बताएका छन् ।शुक्रबार बिहान संविधान दिवसको अवसरमा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कुनै पनि राजनीतिक दललाई कमजोर बनाउँदै वा निषेध गर्दै लोकतन्त्र अघि बढ्न नसक्ने बताएका हुन्।
महासचिव पोखरेलले भने, ‘लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन । कुनै राजनीतिक दलका नीतिहरु मन परेनन् भने नयाँ राजनीतिक दलहरु खोल्न मिल्दछ । जुन राजनीतिक दलहरु नेतृत्वमा छन्, उनीहरुले नै एकाधिकार प्राप्त गर्दछन् भन्नेकुरा संविधानको मान्यता पनि होइन, हाम्रो कसैको आग्रह पनि होइन । नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता हो ।’
उनले थपे, ‘नेकपा एमालेले अघि सारेको भन्दा राम्रो नीति कसैले ल्याउन सक्छ भने ल्याउनका लागि संविधानले बाटो छेकेको छैन । नेपाली कांग्रेसले अघि सारेको नीति भन्दा राम्रो नीति ल्याउने सामर्थ्य कसैको छ भने संविधानले त्यो अधिकार कसैलाई रोकेको छैन । तर जनताका लागि आफ्ना नीति र योजना, कार्यक्रम अघि बढाइरहेका र बलिदानीपूर्ण गरेका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुन सक्दैन ।’
महासचिव पोखरेलले नयाँ युवाहरुको आन्दोलनका नाममा भइरहेको षड्यन्त्रले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस