Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकद्धारा सेयर सम्बन्धी जानकारी मुलक कार्यक्रम सञ्चालन

अर्थ संसार

बुधबार, २५ फागुन २०७८, १० : ५७ मा प्रकाशित

नबिल बैंकद्धारा सेयर सम्बन्धी जानकारी मुलक कार्यक्रम सञ्चालन

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेयर सम्बन्धी जानकारी मुलक कार्यक्रम संचालन गरेको छ । 

बैंकले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको २०७७ पौष २७ गतेको निर्देशन बमोजिम नेपालको सेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले सूदुर पश्चिम प्रदेशको धनगढीमा मिति २०७८ फागुन २२ गतेका दिन सो सम्बन्धि जानकारी मुलक कार्यक्रम संचालन सञ्चालन गरेको हो । 

हालसम्म गण्डकी प्रदेश र सूदुर पश्चिम प्रदेश मा संचालन गरिएको यस्तो कार्यक्रम निकट भविष्यमा देशको सातै प्रदेशमा संचालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका ईन्भेष्टमेन्ट बैंकिंग विभाग प्रमुख बिकाशचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुको बारेमा प्रकाश पारेका थिए । 

स्थापना कालको १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गर्दै गर्दा  कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ । 

५० लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २६ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ । यस्तो अवस्थामा धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरु तथा यसबाट हुने जोखिमहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको