Like us!
Follow us!
Connect us!
Watch us!

‘बजार इन्ट्री नै ट्रेडरका रुपमा, टेक्निकल एनलाइसीस बजारको ऐना’

लगानीकर्ताको आवाज

बुधबार, २५ फागुन २०७८, १३ : ५८ मा प्रकाशित

सन् २०१८ मा आईपीओ भर्दै सेयर बजारमा प्रवेश गरेकी शर्मिला खनाल हाल नेपाल पूँजी बजार लगानीकर्ता संघकी दाङ जिल्ला संयाजक समेत हुन् । व्यवस्थान संकाय अध्ययन गरेकोले आफुलाई अध्ययन कै क्रममा सेयर सम्बन्धी बढ्दा बजारप्रति चासो आएर लगानी गर्न सुरु गरेको बताउँछिन् उनी । 

टेक्निकल काम गर्दैन भन्ने तर्कमा असहमत हुँदै उनी भन्छिन् ‘मेरो विचारमा त टेक्निकल एनलाइसीस भनेको बजारको ऐना हो इन्भेष्ट गर्न चाहानेहरुले कम्पनीको लाभांश इतिहास र वित्तीय विवरणहरु हेरेर सेयर किन्ने हो तर ट्रेड गर्न त त्यसरी सम्भव छैन त्यसैले ट्रेडरहरुले टेक्निकल हेर्नै पर्छ ।’ 

‘सन् २०१८ मा आईपीओ मार्फत प्राथमिक बजारमा प्रवेश त गरेँ तर मलाई दोस्रो बजारमा पनि प्रवेश गर्न मन थियो दाङ जिल्लामा ब्रोकर अफिस नै नभएका कारण म तत्काल नै दोस्रो बजारमा छिर्न सम्भव भएन ब्रोकर एकाउन्ट खोल्न कै लागि पनि काठमांडौ आउने योजना बनाएकी थिए’ उनले भनिन् ‘तर यसैबीचमा अब दाङमा पनि ब्रोकरको शाखा खुल्दैछ र भन्ने सुनेँ सायद त्यो समाचारले म जति खुसि कोही पनि भएनन् होला ।’

आफु बुल बजारमा मै प्रवेश गरेकाले पनि बजारबाट राम्रो आम्दानी गर्न सकेको उनको तर्क छ । ‘म यस्तो अवस्थामा बजार प्रवेश गरेकी अझ भन्दा भनिन्छ नी जब भाग्यले साथ दिन्छ नी त्यो बेला ढुंगा छोयो पनि सुन बन्छ रे मलाई पनि त्यस्तै भयो जुन कम्पनी किन्दा पनि मूल्य बढ्यो र मैले राम्रो आम्दानी पनि गरेँ, सुरु सुरुमा अलि लगानी गर्न डर पनि लाग्थ्याे । त्यसैले पुराना एबंम अनुभवी लगानीकर्ताहरुको अन्तरवार्ताहरु सुन्थेँ र उहाँहरुसँग सल्लाह पनि लिन्थेँ र फन्डामेन्टल रुपमा बलिया र बजारमा ब्लुचिपका रुपमा चिनियका कम्पनीहरुमा ७० प्रतिशत र कमजोर कम्पनीमा ३० प्रतिशत लगानी गर्थेँ तर यो बिचमा मलाई ७० प्रतिशत लगानी गरेका कम्पनीहरुबाट भन्दा पनि ३० प्रतिशत लगानी गरेका कम्पनीबाट राम्रो मुनाफा प्राप्त भयो र पछि मैले फन्डामेन्टल र ननफन्डामेन्टल कम्पनीहरुमा ५०/५० प्रतिशत लगानी गर्न थालेँ, उनले भनिन् । 

आफु बजारमा प्रवेश गर्दा नै एक ट्रेडरका रुपमा प्रवेश गरेको बताउँछिन् खनाल । ‘सुरु सुरुमा त आफुले किनेको स्टक हरेक दिन बढोस् भन्ने लाग्थ्याे, कुनै दिन मूल्य बढ्दा खुसी हुने रमाउने र घट्दा ला कस्तो स्टक किनेछु भन्ने हुने डराउने अनि प्यानिक सेल गर्न मन लाग्ने हुन्थ्याे धैर्यता हुँदैनथ्यो तर अहिले बिस्तारै बुझ्दै जाँदा बजारप्रति कन्फिडेन्स बढेको छ बजार बढ्दा मात्तिने र घट्दा आत्तिने स्वभाव कम हुँदैछ ।’

३२ सयको विन्दुबाट बजार घट्दै गर्दा कँही कतै बजार अब फ्रिफल हुन्छ कि भन्ने डर त थियो तर अर्कोतिर बजार घटेपछि एक दिन त पक्कै बढ्छ नि भन्ने कन्फिडेन्स पनि थियो त्यसैले आफुले बजारको उक्त गिरावटमा स्टप लस नगरी केहि एभ्रिजिङ गरेको बताउँछिन् उनी । बजार घटेपछि बढ्ने र बढेपछि घट्ने त पक्का नै हो फरक यति होकी त्यसका लागि बजारले कति समय लिन्छ भन्ने मात्र हो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको