Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएकाे नेष्डो समृद्ध लघुवित्तको सेयर रजिष्ट्रार चयन

अर्थ संसार

बुधबार, २५ फागुन २०७८, १४ : २७ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएकाे नेष्डो समृद्ध लघुवित्तको सेयर रजिष्ट्रार चयन

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा ग्लाेबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । सो सम्बन्धी सम्झौतापत्रमा संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाँई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन्।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले यस कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि ग्लाेबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू ग्लाेबल आईएमई क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड हिजाे (फागुन २४ गते, मंगलबार) सम्पन्न भएकाे छ । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २५ लाख २७ हजार १ सय १ जनाले २ कराेड ८७ लाख ८१ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, ४ हजार १ सय ४६ जनाको आवेदन रद्द थियाे । २५ लाख २२ हजार ९ सय ५५ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेकाे हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ६३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको