Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर वृद्धिले मौलाएको विकृतीकाे जिम्मेवार को ?

अर्थ संसार

बुधबार, २५ फागुन २०७८, १४ : ३६ मा प्रकाशित

ब्याजदर वृद्धिले मौलाएको विकृतीकाे जिम्मेवार को ?

सेयर लगानीकर्ताहरूका माझ "काका" का नामले परिचित अनुभवी लगानीकर्ता केशव काेइरालाले समसामयिक विषयमा आफ्ना विचारहरू सार्वजनिक गरिरहन्छन् । 

आजै मात्र उनले ब्याजदर वृद्धिले मौलाएको विकृतीकाे जिम्मेवार को भन्दै एक स्टाटस लेखेका छन् । जुन यस प्रकारकाे छ :

- रेमिटेन्स मुद्दती निक्षेपलाई दिइएको थप १% ब्याजदरको सुविधा नियम विपरित सबै बैंकहरुले ९९%स्वदेशी निक्षेपलाई प्रदान गरेका छन्।उदाहरणको लागि प्रकाश चन्द्र लोहनी र ग्लोबल आएमइ बैंक काफी छ।

- तरलता समस्या समाधानका नाममा जबर्जस्ती बढाइएको ब्याजदरले नत तरलता बढाएको छ न सिडी रेसियो घटाउन सकेको छ। ब्याजदर बढाएर उत्पादन लागत बढाउने काम मात्रै भयो ।

नोटबन्दी होइन नोट खारेजी गरौँ : केशव कोइराला 

- व्यक्तिगत र संस्थागत लगानीकर्ताहरुले सस्तो ब्याजदरमा गरेको पुरानो मुद्दती निक्षेपमा २% थपेर ऋण लिइ महँगो दरको नयाँ मुद्दती निक्षेप गर्ने गोरखधन्दा सुरु भएको छ।

- राष्ट्र बैंकले फागुनमा बढाउन लगाएको ब्याजदरले अर्थतन्त्र र मौद्रिक व्यवस्थामा विकृतीको पहाड सृजना गरेको छ । चैतबाट थपिएको ब्याजदर राष्ट्र बैंकले फिर्ता लिनैपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको