Like us!
Follow us!
Connect us!
Watch us!

फुकुवा,बोनस र हकप्रद सेयर खातामा आउने वित्तिकै विक्री गर्न मिल्ने व्यवस्था हुँदै

पत्रपत्रिका

विहीबार, २६ फागुन २०७८, ०८ : २४ मा प्रकाशित

फुकुवा,बोनस र हकप्रद सेयर खातामा आउने वित्तिकै विक्री गर्न मिल्ने व्यवस्था हुँदै

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले लगानीकर्ताको सहजताको लागि थप सुविधा दिने भएको छ । सिडिएससीले धितोमा राखेको शेयरलाई धितो फुकुवा भएकै दिन र बोनस तथा हकप्रद शेयर खातामा आउने वित्तिकै विक्री गर्न मिल्ने व्यवस्था गर्न लागेको हो । 

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यका अनुसार यो सुविधा लगानीकर्तालाई एक दुई महीना भित्रै उपलब्ध गराउने तयारी गरिएको हो।
यसका लागि आवश्यक नीतिगत व्यवस्था भईरहेको आचार्यले बताए । ुहामीले सफ्टवेयर निर्माणको काम गरिरहेका छौं । अहिले अन्तिम चरणमा छ । एक महीना भित्र आवश्यक तयारी पुरा गर्ने छौं । केही नीतिगत व्यवस्थाले गर्दा कार्यान्वयनमा आउन २र३ महीना लाग्न सक्छ, उनले भने ।

हाल धितोमा राखेको शेयर धितो फकुवा भएको भोलिपल्ट मात्रै विक्री गर्न मिल्ने व्यवस्था रहेको छ । हाल सञ्चालनमा रहेको टीएमएसले अघिल्लो दिनको डाटालाई म्याच गर्न सक्ने भएकोले धितो फुकुवा भएकै दिन विक्री गर्न नमिलेको हो । त्यसैगरी हकप्रद शेयर र बोनस शेयर पनि खातामा आएकै दिन विक्री गर्न मिल्दैन । यो व्यवस्था लागू भएसँगै लगानीकर्ताले धितो फुकुवा भएको दिन लगायत हकप्रद शेयर र बोनस शेयर खातामा आएकै दिन विक्री गर्न सक्नेछन्। आर्थिक अभियान दैनिकबाट ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको