Like us!
Follow us!
Connect us!
Watch us!

‘सरकारले सेयर बजारलाई नियन्त्रण गर्ने नीति लिएकै कारण नेपालमा वैदेशिक लगानी आएन’

लगानीकर्ताको आवाज

विहीबार, २६ फागुन २०७८, १२ : ०६ मा प्रकाशित

सरकारले नै सेयर बजारलाई अनुत्पादन मूलक क्षेत्र भन्दै नियन्त्रण गर्ने नीति लिएकै कारण नेपालमा वैदेशिक लगानी नआएको बताउँछन् युवा लगानीकर्ता देव केसी । 

‘विदेशी लगानीकर्ताहरुले कुनै पनि देशमा लगानी गर्नुपुर्व सबैभन्दा पहिले हेर्ने भनेकै उक्त देशको क्यापिटल मार्केट हो अनि नेपालमा सरकारले नै क्यापिटल मार्केटका लागि अनफेबरेबल पोलिसी जारी गर्छ भने विदेशी लगानीकर्ताहरुले किन लगानी गर्छन् ?’ उनले प्रश्न गरे । जति जे कुरा गरे पनि हाम्रो जस्तो देशमा वैदेशिक लगानी बिना धेरै कुरा गर्न असम्भव हुने उनको तर्क छ । 

अहिले नेपालको सेयर बजारमा गिरावट आउनुमा विभिन्न कारणहरु छन् । जसमध्येमा पनि राष्ट्र बैंकको नीति र बजारमा देखिएको तरलताको अभाव नै बजार घट्नुको प्रमुख कारण भएको तर्क गर्छन् केसी । 

‘तरलताका बढ्ने मुख्य श्रोतहरु भनेको रेमिट्यान्स, सरकारको पूँजीगत खर्च र निर्यात नै हो तर हाम्रोमा निर्यात त करिब छैन बराबरकै अवस्था छ, सरकारले पूँजीगत खर्च समेत गर्न सकेको छैन भने कोभिड माहामारीका कारण विश्व नै प्रभावित बन्दा रेमिट्यान्समा समेत गिरावट आयो जसका कारण अहिले हामीले तरलताको चरम अभाव भोगिरहेका छौँ ’ उनले भने ।

यदि नेपालको पूँजीबजारको विकास र विस्तारका साथै यसको स्थायित्व चाहाने हो भने सरकारले बाध्यात्मक नियम बनाएरै भएपनि रियल सेक्टरका कम्पनीहरुलाई सेयर जारी गर्न बाध्य बनाउनुपर्ने बताउँछन् केसी । ‘सरकार र नियामकहरुले यदि नेपालको पूँजी बजारको विकास नै चाहाने हो भने सबैभन्दा पहिले एनसेल, वल्र्डलिन्क, भाटभटेनी जस्ता विभिन्न रियल सेक्टरका कम्पनीहरुलाई पूँजी बजारमा ल्याउने हो भने उनीहरुलाई फेबर हुने गरी पोलिसी बनाउनु जरुरी छ' उनले भने, 'अब निती नियम संगै सरकाले यस्ता कम्पनीहरुलाई सेयर बजारमा प्रवेश गर्न बाध्य बनाउनु पर्छ र उनीहरुले पनि सेयर जारी गर्दा त्यसको वास्तविक मूल्य पनि पाँउनु पर्छ ।’

अहिलेको सेयर बजारमा प्रवेश गरेका लगानीकर्ताहरुले गर्ने सबैभन्दा ठुलो गल्ती भनेको कम्पनीको भ्यालुएसन मिस्टेक गर्ने रहेको उनको तर्क छ । ‘हामीले कम्पनी छनौट गर्दा राम्रो कम्पनी त छनौट गर्छौ तर त्यसको वास्तविक मूल्य कति हो भन्ने कुरालाई विचार गर्दैनौँ, जति राम्रा कम्पनीहरुको पनि सेयरमूल्य त निश्चित हुन्छ नि हो त्यो भन्दा बढी मूल्य हाल्यो भने हामीले जति राम्रो कम्पनीमा लगानी गरेपनि नोक्सानी व्यहोर्नुपर्ने हुन्छ’ उनले भने ।  

उनीसँगकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको