Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच भयाे यस्ताे सम्झाैता

अर्थ संसार

विहीबार, २६ फागुन २०७८, १७ : ०६ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच भयाे यस्ताे सम्झाैता

ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग जस्ता सुविधाहरु उपलब्ध गराउनेछ । 
        
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको