Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेट : तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

आइतबार, २९ फागुन २०७८, १३ : ३४ मा प्रकाशित

नेप्से अपडेट : तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सनिमा लाईफ इन्स्योरेन्स लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर ६ सय २१ रुपैयाँ ५० पैसा पुगेको छ । सनिमा लाईफ इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ६६ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ४९ रुपैयाँ ४० पैसा पुगेको छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९०.७७ अंकले बढेर २६५७.६६ विन्दुमा पुगेको छ । 

622da2829b3fd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको