Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको डेली चार्टमा डेढ महिनापछि MACD ले दियो बुलिश क्रसओभर !

बसन्त पाण्डे

मंगलबार, ०१ चैत्र २०७८, १७ : ०१ मा प्रकाशित

नेप्सेको डेली चार्टमा डेढ महिनापछि MACD ले दियो बुलिश क्रसओभर !

आज मंगलबार नेप्से १७.१५ अङ्कले घट्दै २६५०.९७ को बिन्दुमा क्लोज भएको छ। अस्ति आईतबार १०० अंक भन्दा धेरैले बजार बढेको थियो। हिजो प्राविधिक कारणले राम्ररी कारोबार हुन पाएन।  वाणिज्य बैंकहरुले चैत महिनामा निक्षेपको ब्याजदर नबढाएसँगै बजार उच्च रुपमा बढ्ने लगानीकर्ताहरुको अपेक्षा विपरित आज बजार दोहोरो अङ्कले घट्नुलाइ अर्थपूर्ण रुपमा लिईएको छ।  

प्राविधिक रुपमा कस्तो देखियो आजको बजार ?

आज बजार सुरुको घण्टामा अलिक धेरै घटे तापनि दोश्रो घण्टा देखि भने सम्हलिएको देखियो। नेपाल टेलिकमले ईतिहासमै पहिलो पटक बोनस सेयर दिने घोषणा गरेसँगै NTC को सेयर मूल्य उच्च रुपमा बढ्ने आम लगानीकर्ताहरुको अपेक्षा विपरित NTC को सेयर मूल्य उच्च अङ्कले घट्न पुग्दा त्यसले नेप्से इन्डेक्सलाई नै प्रभावित पार्यो। समग्रमा बजारमा खरिदकर्ताहरु नै हावी देखिए तापनि NTC को सेयर मूल्य घट्दा बजार दोहोरो अङ्कले घटेर बन्द भएको नत्र आज बजार सानो अङ्कले भएपनि सकारात्मक भएरै बन्द हुने थियो भन्ने विश्लेषण बजार जानकारहरुले गरेका छन। 

इण्डिकेटरहरुले के भन्दै छन् ?

RSI 

नेप्सेको डेली चार्टमा RSI  इन्डिकेटर ४७.१६ को लेभलमा रहेको छ। बजार २५०० को आसपास हुँदा RSI  ३० भन्दा पनि तल झरेको थियो। यदि भोलि RSI ५० भन्दा माथि जान्छ भने त्यसले बजार बलियो हुँदै गएको संकेत गर्नेछ। ५० देखि ६० सम्मको RSI ले बजार बलियो हुँदै गएको संकेत गर्दछ भने ६० भन्दा माथिको RSI ले बजार ट्रेडिङ्ग जोनमा प्रवेश गरेको संकेत गर्दछ। 

MACD

नेप्सेको डेली चार्टमा MACD ले बुलिश क्रसओभर दिएको छ। २५ जनवरीमा नेप्से २८०० को आसपास हुँदै गर्दा MACD ले वियरिस क्रसओभर दिएको थियो। आज करिब १ महिना २० दिन पछि नेप्से २६४५ को आसपासमा हुँदै गर्दा MACD ले बुलिश क्रसओभर दिनुले अब बजार बढेर नै जाने संकेत गरेको छ।  आज बजार १७ अङ्कले घट्दा पनि MACD ले बुलिश क्रसओभर दिनुले बजारमा बायर साइड निकै बलियो रहेको देखिएको छ। 

बुलिङ्गर ब्याण्ड

नेप्सेको डेली चार्टमा बुलिङ्गर ब्याण्डको मिडल ब्याण्डमा बजारले सपोर्ट लिएको देखिएको छ।  भोलि यदि बजार २६५० भन्दा माथि नै क्लोज हुन्छ भने त्यसले बजारको माथितिरकै यात्रा सुनिस्चित गर्दछ।  

ध्यान दिनुपर्ने बिन्दुहरू कुन? 

MACD ले बुलिश क्रस ओभर दिईसकेको अवस्थामा यदि बजार बुलिङ्गर ब्याण्डको मिडल ब्याण्डको बिन्दु २६५० माथि नेप्सेले क्लोजिंग दियो भयो भने बजारको यात्रा २८०० भन्दा माथिको हुन सक्ने देखिन्छ।  यदि बजार घट्दो क्रममा गयो र २५७० भन्दा पनि तल आयो भने बजार थप घट्न सक्छ। विशेषगरी २६५० को बिन्दुभन्दा माथि बजार स्टेबल हुन्छ कि हुँदैन भन्ने कुरा एकदमै महत्वपूर्ण छ।  बजार २६५० भन्दा माथि माथि नै बस्छ भने २८०० को टार्गेट सहजै प्राप्त हुने देखिन्छ। 

62307600082c4.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको