Like us!
Follow us!
Connect us!
Watch us!

अब पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ, डिजेल र मट्टितेलको पनि बढ्यो भाउ

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, २१ : ३२ मा प्रकाशित

अब पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ, डिजेल र मट्टितेलको पनि बढ्यो भाउ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ। निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँले बढाएको छ।

 अब  पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ। हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर वृद्धि भएको छ।



 

6232070ae96c8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको