Like us!
Follow us!
Connect us!
Watch us!

‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा प्रियंका कार्कीमाथि सीआईबीको अनुसन्धान

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, १५ : ३४ मा प्रकाशित

‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा प्रियंका कार्कीमाथि सीआईबीको अनुसन्धान

डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । 

अनुसन्धानका लागि आइतबार उनलाई ब्युरोमा बोलाइएको हो । केही समयअघि सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरेर उनले भनेकी थिइन् –‘क्रिप्टोकरेन्सी मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ 

क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन तथा अनलाइन जुवा लगायतका एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवाप्रदायकलाई नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले  निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको