Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको लगानीकर्तालाई सन्देश: सेयरमा लगानी गर्दा कस्ता कुरामा ध्यान दिने ?

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, ०६ : ५० मा प्रकाशित

धितोपत्र बोर्डको लगानीकर्तालाई सन्देश: सेयरमा लगानी गर्दा कस्ता कुरामा ध्यान दिने ?

नेपाल धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताहका अवसरमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुका लागि बजारसंग सम्बन्धीत सन्देश जारी गरेको छ । 

विश्व वित्तीय सप्ताह (Global Money Week-2022) को अवसरमा धितोपत्र बजारका लगानीकर्ताका लागि बोर्डको सन्देश:

- धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुहोस् ।

- धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुबै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वास्तविक वस्तुस्थिति बझेर आफ्नो स्वविवेकमा जोखिम बहन गर्ने क्षमता अनुसार लगाती उपकरण छनोट गरी लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

- धितोपत्र बजारमा नवप्रवेशी हुनुहुन्छ भने सकभर प्राथामिक बजारबाट लगानी सुरूवात गर्नुहोस् । प्राथमिक बजारमा गर्दा धितोपत्र निष्कासनकर्ता कम्पनीको आहवानपत्र विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष वित्तीय स्थिति र क्रेडिट रेटिङ स्तर जस्ता महत्वपूर्ण पक्षहरूको विश्लेषण गर्नुहोस् ।

- धितोपत्रको सार्वजनिक निष्कासनमा आस्वा प्रणाली लागू गरिएकाले सेयरमा आवेदन दिँदा यस प्रणालीमार्फत मात्र आवेदन दिनुहोस् ।

- धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारीक वा प्रमाणित रूपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभाश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरू, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकाड्कहरू, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) र कम्पनीसँग सम्बन्धित उद्योग/क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरूको अध्ययन गर्नुहोस् ।

- धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनीतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस् ।

- धितोपत्र बजारमा बैकको तरलता तथा व्याजदर समेत प्रत्यक्षा प्रभाव रहने भएकोले लगानी गर्दा यस तर्फ समेत विचार पुफ्याउनुहोस् ।

- धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधिकरणमा ध्यान दिनुहोस् । साधो दीर्घकालीन रूपमा गरिने लगानीले जोखिमको सम्भावना न्युन गराउने कुराको जानकारी राख्नुहोस् ।

- धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा आपेक्षित प्रतिफल दर (Required rate of returm) निर्धारण गरेर गर्नुहोस् ।

- धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई (२) दिन भित्रमा कारोबारको राफसाफ (T+2) हुनुपर्ने कुराको जानकारी लिनुहोस् । यदि उक्त अवधिमा राफसाफ नभए बोर्डलाई जानकारी गराएमा बोर्डले तत्काल कारवाही प्रक्रिया अगाडि बढाउने छ।

- धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तैः फेसबुक तथा क्लब हाउस) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण विचार र परामर्शको आधारमा लगानी सम्बन्धी निर्णय नलिनुहोस् ।

- धितोपत्र कारोबार गर्दा रकमको लेनदेन गर्दा बैकमार्फत गर्नुहोस् । धितोपत्र कारोबार बापत धितोपत्र दलालले लिने शल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको आवश्यक जानकारी लिनुहोस् ।

- आफूले लगानी गर्न लागेको सेयर कन प्रकारको सेयर (जस्तै संस्थापक सेयर, साधारण सेयर अग्राधिकार सेयर) र त्यसको विशेषता, फाइदा वा वेफाइदाको बारेमा जानकारी लिएर मात्र लगानी सम्बन्धी निर्णय लिनुहोस् ।

- नेपाल स्टक एक्सचेञ्जबाट सूचिकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरूको धितोपत्रहरू ओभर द काउन्टर बजारबाट कारोबार गर्न सकिने व्यवस्था भएको हुँदा सो बारे जानकारी राख्नुहोस् ।

- धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत मात्र कारोबार गर्नुहोस् ।

- धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्दशनहरू सम्बन्धी आधिकारीक जानकारकीका लागि बोर्ड, नेप्से नेपाल राष्ट्र बैंक अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस् ।

- धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरू भए सम्बन्धित धितोपत्र व्यवसायी निष्कासनकर्ता तथा सूचीकृत कम्पनी सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्नुहोस् ।

- बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नियमित रूपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम तथा प्रकाशन मार्फत सञ्चालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी मै बजार तथा लगानी सम्बन्धी आवश्यक ज्ञान हासिल गर्नुहोस् ।

62392306e93b1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको