Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा आज बस्दै, आवश्यक गणपुरक पुग्ला ?

अर्थ संसार

शुक्रबार, ११ चैत्र २०७८, १० : २० मा प्रकाशित

नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा आज बस्दै, आवश्यक गणपुरक पुग्ला ?

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले यसअघि स्थगित भएको वार्षिक साधारण सभा आज बस्दै छ । आज साधारण सभा डेलिस ओपेरा रेष्ट्रो, बालुवाटार काठमाडौँमा दिउसो १ बजेदेखि सुरू हुनेछ ।

साधारणसभाका लागि आवश्यक गणपुरक संख्या नपुगेपछि फागुन ३० गतेकालागि तय गरिएको साधारण सभा स्थगित भएको थियो ।्

कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९।५ प्रतिशत लाभांश वितरण गर्ने र बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ  ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको