Like us!
Follow us!
Connect us!
Watch us!

जोर-बिजोरसहित आईतबार पनि सार्वजनिक बिदा दिन आयल निगमको प्रस्ताव, सरकारले के गर्ला ?

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १३ : १३ मा प्रकाशित

जोर-बिजोरसहित आईतबार पनि सार्वजनिक बिदा दिन आयल निगमको प्रस्ताव, सरकारले के गर्ला ?

नेपाल आयल निगमले इन्धनको खपत गर्नका लागि जोर बिजोर प्रणाली सहित थप एक दिन बिदा दिने प्रस्ताव सहित सरकारलाई पत्र लेखेको छ ।

इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई र देशलाई पनि जोगाउनका निमित्त यस्तो उपाय अबलम्बन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ ।

अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको स्रातले बताएको छ । मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको