Like us!
Follow us!
Connect us!
Watch us!

‘लगानीकर्ताहरुमा निराशासँगै पूँजी पलायनको आशंका, तरलता अभाब सहजै समाधान हुदैन’

मनोज ज्ञावाली

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, ०८ : ४३ मा प्रकाशित

‘लगानीकर्ताहरुमा निराशासँगै पूँजी पलायनको आशंका, तरलता अभाब सहजै समाधान हुदैन’

यो आर्थिक बर्ष अर्थतन्त्र का लागी उत्साहप्रद रहेन। कोभिड को त्रासले जति बिगार्छ सोचेका थियौ, त्यति बिगारेको थिएन तर कोभिड शान्त हुदै गर्दा अर्थतन्त्र ले गति लिन्छ की भन्ने अपेक्षा पुरा हुन सकिरहेको छैन। केहि सुचकांक निम्नानुसार छन।

१. मुद्रास्फिति ( Inflation) को दर दुई गुणा भन्दा बढिले बढेर 6%  हाराहारी पुगेको छ। थोक मूल्यको मुद्रास्फिति 10% भन्दा बढिले बढ्यो। 

२. कर्जा बृद्दिदर को एक तिहाइ पनि निक्षेपको बृद्दिदर हुन सकेन। स्थानीय सरकारको खाता को 80% सम्म रकमलाई बैक तथा वित्तीय संस्थाको निक्षेपमा गणना गर्न मिल्ने व्यबस्था गर्दा समेत सवा खर्ब निक्षेप बृद्धि पनी हम्मे हम्मे भयो। बैकहरुको CD Ratio 91% को हाराहारी छ ।

३. व्यापार घाटा 38-40% ले बढेको छ। बैदेशीक मुद्रा संचिति घट्दै गएर साढे छ महिना सम्मको बस्तु तथा सेवा आयात गर्न मात्र पर्याप्त छ र चाप बढ्दो छ।

४. 2 लाख भन्दा बढि थप  नेपाली नागरिक हरु बैदेशीक रोजगारमा जांदा पनी रेमिटेन्स 6% हो हाराहारीले घटेको छ।

५.  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 55% भन्दा बढिले बृद्दि भएकाले त्यसको असर नेपालमा पनि परेको छ।

६.  सरकारले पुर्ववत पुजीगत खर्च गर्न सकेन। बैदेशीक ऋण तथा सहायता बजेटको अनुरूप प्राप्त हुन सकेको छैन। बैदेशीक लगानीको लक्ष्य, गफ र तथ्यको अवस्था उस्तै छ।

७.सरकार तथा सरकारी निकायहरूले नेपाल राष्ट्र बैंक मा खोलेका खाताहरूमा रु 100 अरब भन्दा थप रकम जम्मा भएको छ। यसले तरलतामा थप चाप परेको छ।

८. ब्याजदर मा बृद्धि भएको छ। नयां कर्जा पाउनै मुस्किल, पाइहाले पनी 13% भन्दा माथिको ब्याजदरमा लिनुपर्ने स्थिति छ। यसले उधमशिलतालाई निरूत्साहित गर्छ र यसको दूरगामी असर पर्दछ।

९.देशको अर्थतन्त्रका सुचकांक हरु जस्तै रहे पनि नेपालीहरूको बैदेशीक यात्रा राम्रै बढेको छ। देशमा भन्दा विदेशमा सम्भावना बढि देखिदा पढ्न या पढ्न भनेर विदेशीने संख्या राम्रै बढ्दा यस्तो भ्रमणमा हुने खर्च 92% हाराहारीले बभेर रु. 36 अर्ब माथि पुगेको छ।

१०. पुंजीबजार प्रति सरकार र नियामकहरुको अस्थिर रवैया र लगानीकर्ताहरुको अस्थिर मनोवृतिले गर्दा दैनिक रु.20, 22 अरब कारोबार रकम पुगेको बजार घटेर रु.2,3 अरब दैनिक कारोबारमा सिमित भएको छ। यसले लगानीकर्ताहरुमा निराशा संगै पुँजी पलायन को समेत आशङ्का गरिएको छ।

तरलता अभावमा शुरुवाती दिनहरुमा एक अर्कालाई दोष दिदै समाधानका बारेमा सोचिएन।  यस पटकको तरलता अभाब systemic हो  र छिटै अनी सहजै समाधान हुदैन भन्ने मेरो धारणा शुरुवात मै थियो। यस पटक अर्थतन्त्र का सुचकांकहरु सबै तिर बाट बिग्रेका छन। एउटा प्वाल टाल्यो भने अरु दुई प्वाल पर्ने स्थीती छ। अहिले कसले कसलाई दोष दिएर आफु चोखो बन्ने भन्ने खेलमा लाग्ने बेला होईन, समाधानका उपाय हरुमा लाग्नुपर्छ अनी होस्टेमा हैसे गर्नु पर्छ। समय मै एउटा टास्क फोर्स (राजनैतिक रंग र स्वार्थ नभएको ) बनाएर अल्पकालीन र दिर्घकालीन समाधानमा उपायमा काम गर्न जरुरी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको