Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपालको अर्थतन्त्र सवलिकरण गर्न हामीले यसलाई निर्यातमुखी बनाउनै पर्छ’-गगन थापा

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १३ : १० मा प्रकाशित

‘नेपालको अर्थतन्त्र सवलिकरण गर्न हामीले यसलाई निर्यातमुखी बनाउनै पर्छ’-गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल निर्यातकर्ता संघका अध्यक्ष पवन गोल्यानलाई भेटि निर्यातमा रहेका अवरोधका विषयमा छलफल गरेका छन् ।

थापाले आज गोल्यानलाई भेटि निर्यातमा रहेका अवरोध र निर्यात प्रवर्द्धन गर्न चाहिने प्रोत्साहनका बारेमा छलफल गरेका हुन् । महामन्त्री थापले आज सामाजिक सञ्जाल फेसबुकमा गोल्यानसंग भेटेको तस्विर हाल्दै नेपालको अर्थतन्त्र सवलिकरण गर्न अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्नेमा जोड दिएका छन् । 

केहि समय अघि दर्जन बढी उद्योगी व्यवसायीले नेपाल काँग्रेसका महामन्त्री गगनकुमार थापालाई भेटेर अर्थतन्त्र जोगाउने पहलकदमी लिन आग्रह गरेका थिए । महामन्त्री थापासँग छलफल गर्दै उद्योगीहरुले अर्थतन्त्र समस्याग्रस्त रहेको र प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थतन्त्रको हालको चित्र प्रस्तुत गरिदिन आग्रह समेत गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको