यो नयाँ वर्ष एनसेलका ग्राहकहरुका लागि निकै नै विशेष हुने भएको छ । नयाँ वर्ष २०७९ को शुभ अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ ।
यी अफरहरु आज आइतबार (चैत्र २७) बाट, सञ्चालनमा आएका छन् । यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरु सुचारु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।
कम्बो प्याक अन्तर्गत ७ दिनको समयसिमा रहेको प्याक ग्राहकले करसहित मात्र रु ९६ मा सुचारु गर्न सक्छन् र यस प्याकमा बण्डल गरिएको १ जिबी अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् । त्यस्तै ग्राहकले रु १६८ मा ५ जिबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र रु १६८ मा सुचारु गर्न सक्छन् । ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक पनि रहेको छ जस अन्तर्गत ग्राहकले रु २९८ मा २.५ जिबि डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३एष्ट्रिक्स१ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् ।
कम्बो प्याक अन्तर्गत नै विशेष प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुमसहित २८ दिन समयसिमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन् । रु ७९८ मा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबि डेटा सहित नन् स्टप अन नेट कल सुविधा (५००० मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रहि), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन् । यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र रु ९९८ मा हरेक दिन २ जिबि डेटा २८ दिन सम्म, एनसेल नेटवर्क भित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँछन् ।
यसका साथै रिचार्ज योजनामा ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको समयसिमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् । त्यस्तैगरी रु १०० देखि रु १९९ को रिचार्जमा ग्राहकले ३ दिनको समयसिमा रहेको २०० एमबी सोसल प्याक र रु २०० वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले ७ दिनको समयसिमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन् । यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र यूट्युब चलाउन प्रयोग गर्न सक्छन् ।
नयाँ वर्षको अवसरमा ल्याइएका यी नयाँ योजनाहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र ग्राहकहरुलाई सञ्चार सेवा सुलभ र सहज बनाउन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । रिचार्ज योजना १५ दिनको लागि मान्य रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस