ग्लोबल आइएमई बैंक लिमिटेडले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।
नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा लिन सक्नेछन् ।
बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ्ग सेवा, २५७ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस