Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बटम नजिक आइपुगेको हो ? (प्रमाणसहित)

बसन्त पाण्डे

सोमबार, ०५ बैशाख २०७९, १७ : २७ मा प्रकाशित

नेप्से बटम नजिक आइपुगेको हो ? (प्रमाणसहित)

बजार ३२२७ को बिन्दुबाट खसेर २४८७ को बिन्दुसम्म आएको थियो।  २४८७ को बिन्दुबाट ट्रेन्ड रिभर्सल भयो र बढेर २८७८ सम्म पुग्यो। २८७८ को बिन्दुबाट बजार २२६० को बिन्दुसम्म झर्यो र २२६० को बिन्दुबाट ट्रेन्ड रिभर्सल भएर बजार बढ्दै २९८२ को बिन्दुसम्म पुग्यो।  २९८२ को बिन्दुबाट लगातार झरिरहेको बजार २३४३ को बिन्दुमा आईसकेको छ। अझै पनि बजारमा सेलिङ्ग प्रेसर कायमै देखिन्छ जसले बजार अझै केहि घट्न सक्ने देखाएको छ। यदि अब बजार घटेर २३०० कै बिन्दुमा आउँछ भने त्यसपछि बजारको यात्रा कस्तो हुन सक्ला भन्ने चासो आम लगानीकर्तामा रहेको पाइन्छ। आजको यो आलेखमा हामी बजारले यसअघि बटम लागेका दुई बिन्दुहरु र अहिलेको बजारको बिचमा के कस्ता समानताहरु रहेका छन् भन्ने कुरालाई प्रस्तुत गरेका छौं।  

बजार बटमतिर हो, अब बढ्छ भन्ने विश्लेषकहरुलाई गाली गर्ने लगानीकर्ताहरुको संख्या व्हात्तै  बढ्नु 

बजार ३२२७ बाट घट्दै जाँदा २९०० को बिन्दुबाट पनि तलतिर लाग्न थालेपछि अब बजार अझै घट्छ स्टप लस गर्नु उपयुक्त हुन्छ भन्ने प्राविधिक विश्लेषकहरुलाई लगानीकर्ताहरुले सामाजिक संजालमार्फत गाली गर्ने गर्दथे। बजार बढेर ३५०० माथि पुग्ने, बुलिस नै रहेकाले किन्ने उचित अवसर हो भन्ने आम लगानीकर्ताको बुझाइ थियो।  तर बजार २६०० भन्दा पनि तल खस्दै गर्दा अब किन्ने बेला हो है बजार बटममा आइसक्यो भन्ने विश्लेषकहरुलाई गाली गर्नेहरुको संख्या बढेको थियो।  बजार प्यानिक हुँदै गर्दा र बजार ओभरसोल्ड एरियामा हुँदा प्राय: रिटेल लगानीकर्ताहरु बजार बियरिस भएको र अब बढ्न ४/५ बर्ष लाग्ने तर्क दिईरहेका हुन्छन। लगानीकर्ताहरुले अब बढ्न ४/५ बर्ष लाग्ने अनुमान गरेको बजार भोलिपल्टदेखि नै आक्रामक रुपमा बढ्न थाल्यो र केहि हप्ताको अवधिमा नेप्से परिसूचक २८७८ को बिन्दुसम्म पुग्यो।  

अब यो पढ्दै गर्दा पनि तपाईंलाइ 'यो टोपी लाइदिनलाइ लेखेको हो, बजार बढ्ने त सम्झिने पानि छम्किने' भन्ने लागिरहेको छ भने बुझ्नुस, बजारमा अब केहि दिनभित्रै बटम लाग्नेछ !

त्यस्तै बजार २८७८ को लेभलबाट खस्दै जाँदा २४०० भन्दा पनि तल झरिसकेपछि अब ट्रेन्ड रिभर्सल हुन्छ, बजार ओभरसोल्ड जोनमा गईसक्यो किन्ने बेला हो भन्ने विश्लेषकहरुलाई सेयर भिडाएर टोपी लगाइदिन खोजेको भन्दै गाली गर्ने लगानीकर्ताहरुको संख्या निकै देखिन्थ्यो। ठिक त्यहि बेला माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले सेयर बजारलाई साम्राज्यवादको नयाँ रुप भन्ने अभिव्यक्ति दिएपछि त बजार अब पनि बढ्ला भनेर विश्वाश गर्नेहरुको संख्या नगन्य मात्रामा थियो। प्रचण्डको अभिव्यक्तिपछि बजार २ दिन लगातार घट्यो र २२६० को बिन्दुलाई बटम बनाएर बढ्न थाल्यो।  २२६० बाट बजार बढ्दै २९८२ को बिन्दुसम्म पुग्यो।  

बजारको चिरफार: चुनाव अगाडी ४/१२ क्याप हट्ने संकेत,घट्नाक्रम जसले बजारमा असर गर्नसक्छ Basanta Pandey

यो र्यालीमा बजार २९८२ को बिन्दुबाट खस्दै अहिले २३४३ को बिन्दुमा आइपुगिसकेको छ। अहिले पनि बजार ओभरसोल्ड जोनमा आइसक्यो अब किन्ने बेला हो भन्ने विचार राख्ने विश्लेषकहरुलाई लगानीकर्ताहरुले गाली गरिरहेको अवस्था छ। जबजब रिटेल लगानीकर्ताहरु बजार अझै घट्छ अब बढ्दैन भन्दै जतिमा पाइन्छ त्यतिमा बेचेर निस्किने प्यानिक माइन्डसेटमा हुन्छन ठिक त्यहि बेला ठूला तथा संस्थागत लगानीकर्ताहरुले सेयर किन्न सुरु गर्छन अनि बजारमा बटम लाग्ने गर्दछ।  

टेक्निकल इन्डिकेटरहरुले बजार ओभरसोल्ड जोनमा रहेको स्पष्ट संकेत गर्नु 

३२२७ को बिन्दुबाट खसेर २४८७ को एरियामा आइपुग्दा नेप्सेको डेली चार्टमा RSI ३० भन्दा तल खसेको थियो। नेप्से २५४० को बिन्दुमा झर्दाखेरि नै MFI २० को लेभलमा आइसकेको थियो।  त्यसपछि बजार खसेर २४८७ को बिन्दुसम्म आइपुग्यो तर MFI निरन्तर माथितिरै लाग्दै गयो र बजार बटम लाग्दै गर्दा MFI ३० भन्दा माथि पुगिसकेको थियो।  त्यस्तै बजार २८७८ को बिन्दुबाट खसेर २२६० को बिन्दुमा आउँदा RSI १९ को लेभलमा खसेको थियो भने MFI ठ्याक्कै २० को लेभलमा आइपुगेको थियो।  त्यसपछि बजार एग्रेसिभ्ली बढ्न थाल्यो र बढेर २९८२ को बिन्दुसम्म पुग्यो। अहिले बजार २९८२ बाट खस्दै २३४३ को बिन्दुमा आइपुगेको छ। अहिले RSI २८ को लेभलमा आइसकेको छ। त्यस्तै केहि दिनअघि नेप्से २३६० को बिन्दुतिर आउंदै गर्दा MFI २० को लेभलमा आइपुगेको थियो। अहिले बजार घटिरहेको छ तर MFI बढिरहेको छ।  आज बजार ४१ अंकले घट्दा पनि MFI चाहिँ बढेर ३४ को लेभलभन्दा माथि पुगेको छ।  
३० भन्दा तलको RSI र २० भन्दा तलको MFI लाई प्राविधिक विश्लेषणमा ओभरसोल्ड जोनको रुपमा लिने गरिन्छ। यसअघिका बटम एरियामा झैं अहिले पनि बजार ओभरसोल्ड जोनमा गईसकेको छ।  

२०% भन्दा धेरैले खस्नु;

बजार ३२२७ बाट खसेर २४८७ मा आउँदा २३% ले घटेको थियो। त्यस्तै २८७८ बाट घटेर २२६० मा आउँदा २१% ले घटेको थियो। अहिले २९८२ बाट घटेर २३४० को बिन्दुसम्म आइपुग्दा बजार २१% जतिले घटिसकेको छ र यदि २३०० को बिन्दुतिर आउने हो भने २२% भन्दा बढीले बजार खस्नेछ।  

घट्दो ट्रेन्डमा पनि बजार पटक पटक बढ्ने गर्दछ।  झन् बजार यत्रो ठुलो अंकले घटेपछि त राम्रै बाउन्स ब्याक आउने गर्दछ।  ईतिहासले पनि त्यहि भन्छ। तर हाम्रो माइण्डसेट कस्तो हुन्छ भने यसअघिका बटमको जस्तो अवस्था अहिलेको होइन , अहिले परिदृश्य फरक छ त्यसैले अहिले बजार बढ्दैन, घटेको घटेकै गर्ने हो भन्ने कुरामा हामी पूर्णत: विश्वस्त भैसकेका हुन्छौं। अहिले जस्ता समस्याहरु बजार २४८७ मा आउँदा पनि थियो र  २२६० मा आउँदा त झन् ठुला समस्याहरु थिए। अर्थमन्त्रालय सम्हालेको दलको अध्यक्ष सेयर बजारलाई गाली गर्दै हिँडेका थिए भने अर्थमन्त्री सेयर बजारलाई हावा भरिएको बेलुनसंग तुलना गरिरहेका थिए। तरलता संकट त्यो बेला पनि थियो।  अहिले त अर्थमन्त्री पुंजीबजारलाई सुधार गर्नुपर्छ भनेर फुक्दै हिंडेका छन।  बिदेशी अनुदान तथा ऋण आउने क्रम जारी छ। बैंकहरुमा डिपोजिट बढ्दै छ। वास्तविक धरातलको अध्ययन गरेर बजारमा कारोबार गर्न सकियो भने कमाउन सकिएला नत्र हाम्रो इमोसनसंग खेलेर बाठाले कमाउछ्न। बजार हरेक दृष्टिबाट हेर्दा बटमको नजिकै छ। 

भ्यालु इन्भेस्टरहरु बजारमा फसे, बजार अस्थिर बनाउन राजनीति हाबी | Chhotelal Rauniyar 

वैशाख १ विशेष: बजार अहिले बुल कि बियर? अब कता जाला? काकाको पोर्टफोलियोमा के छ? Keshav Koirala (KaKa)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको