बैंकहरूकाे निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेकाे छ । बैंकहरूकाे निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाेमा परेकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार वैशाख ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वैशाख २ गते बैंकहरूकाे निक्षेप ४९ खर्ब ६२ अर्ब रूपैयाँ रहेकाे थियाे । २ दिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप १० अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ९ अर्बले घटेर ४३ खर्ब ६८ अर्बमा झरेकाे छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि २ अर्बले घटेर ४७ अर्ब २२ अर्ब छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.२८ प्रतिशतबाट बढेर ९०.४३ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस