Like us!
Follow us!
Connect us!
Watch us!

निलम्बित गभर्नरको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १७ : ४९ मा प्रकाशित

निलम्बित गभर्नरको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले उनको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि बोलाएको हो । 

२४ चैत २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्दै जाँचबुझका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।  निलम्बनमा परेपछि अधिकारीले गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिति गठन गरेर निलमबन गरिएको दाबी गर्दै रिट दायर गरेका थिए । जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्नुका साथै आफूमाथि निलम्ब समेत फुकुवाको आदेश जारी गर्न माग गरेका थिए ।  

साेही रिटमाथि मंगलबार भएको सुनुवाइमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको