Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको नाफा बढ्यो, ईपीएस घट्यो

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, ०६ : ४६ मा प्रकाशित

हिमालयन बैंकको नाफा बढ्यो, ईपीएस घट्यो

हिमालयन बैंक लिमिटेडले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ भने ईपीएस घटेको छ।

चैत मसान्तसम्ममा बैंकले १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।।

बैंकको ईपीएस भने घटेर  १४ रुपैयाँ ३१ पैसामा सीमित भएको छ। मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.८३ गुणा रहेको छ।

बैंकको जगेडा कोष १४.९५ प्रतिशत घटेको छ।

 

625f5d2f187b8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको